लिम्पियाधुरा, कालापानी र लिपुलेक भुभाग नेपालको हो
लिपुलेक विवाद युद्धले होइन, कूटनीति र ऐतिहासिक प्रमाणमार्फत समाधान हुनुपर्छ। निरन्तर संवाद र धैर्य नै नेपालका हितको बाटो हो।
लिम्पियाधुरा, कालापानी र लिपुलेक भुभाग नेपालको हो भन्ने कुरालाई पुष्टि गर्ने एतिहासिक, भौगोलिक, प्रशासनिक र कूटनीतिक धेरै ठोस तथ्यहरू छन्। यहाँ ती मध्ये केही प्रमुख तथ्यहरू प्रस्तुत गरिएको छ । १. सुगौली सन्धि (१८१६) र काली नदी सबैभन्दा ठोस एवं महत्वपूर्ण तथ्य १८१६ मा बेलायत (ईस्ट इण्डिया कम्पनी) र नेपाल बीच भएको सुगौली सन्धिको अनुच्छेद ५ ले नेपाल र भारत (तत्कालीन बेलायती भारत) बीचको पश्चिमी सीमा काली नदी (शारदा नदी) को रूपमा निर्धारण गरेको छ। तथ्-: सुगौली सन्धिमा स्पष्ट रूपमा उल्लेख गरेको छ कि नेपालको पश्चिममा काली नदी सम्म फैलिएको छ। कालापानी क्षेत्र काली नदीको उद्गम स्थलबाट पूर्वतर्फ (नेपाल तर्फ) पर्दछ। नदीको उद्गम भन्दा पश्चिम तर्फको भूभाग (वर्तमान उत्तराखण्ड) बेलायतवे हालको भारतमा गभेको थियो। निर्विवाद सिद्धान्तः - अन्तर्राष्ट्रिय सीमा निर्धारणमा नदीको थल (मध्य भाग) वा केंद्र रेखा मानिन्छ। काली नदीको उद्गम पछि, यसको मुख्य धारा पश्चिमतर्फ बग्ने लगायत नदीको प्रवाह कुन दिशामा छ, त्यही भएपनि लिपुलेक, कालापानी क्षेत्र नदीको पूर्वी तटमा पर्छ, जुन सुगौली सन्धि अनुसार नेपालको हिस्सा हो। २. …