निःशुल्क सेवा र पूँजीवादको नयाँ परिभाषा

फेसबुक, गुगल, युट्युबजस्ता कम्पनीहरूले निःशुल्क सेवा दिँदै पनि खरबौँ कमाइ गरेका छन्। उनीहरूको वास्तविक पूँजी प्रयोगकर्ताको समय र जानकारी हो, जसको आधार
फेसबुक, गुगल र युट्युबले सिर्जना गरेको डिजिटल क्रान्ति परम्परागत रूपमा पूँजीवादलाई मूल्य तिरेर मात्रै सेवा वा उत्पादन पाउने प्रणालीको रूपमा बुझिन्छ। उत्पादन गर्नेले नाफा कमाउन उपभोक्ताबाट शुल्क असुल्छ, उपभोक्ताले तिरेको मूल्य नै त्यस उत्पादन वा सेवाको मूल्य ठहरिन्छ। तर फेसबुक, गुगल, युट्युबजस्ता डिजिटल दिग्गजहरूले पूँजीवादको यो परम्परागत धारणा उल्ट्याइदिएका छन्। उनीहरूले आफ्ना मुख्य उत्पादनहरू निःशुल्क उपलब्ध गराउँछन्, तर पनि विश्वका सबैभन्दा नाफा कमाउने कम्पनीमध्ये अग्रस्थानमा छन्। ठूला कम्पनीबाट उठाएर सानालाई दिने मोडल गुगल सर्च, जिमेल, म्याप, युट्युब वा फेसबुक प्रयोग गर्दा उपभोक्ताले कुनै शुल्क तिर्नुपर्दैन। तर यी सेवा सञ्चालन गर्न अकल्पनीय खर्च हुन्छ, डेटा सेन्टर, प्रविधि, स्याटेलाइट, र लाखौँ कर्मचारी। प्रयोगकर्ताले पैसा नतिरे पनि कम्पनीहरूले विज्ञापनमार्फत विशाल आम्दानी गर्छन्। यी कम्पनीहरूको वास्तविक पूँजी भनेको प्रयोगकर्ताले दिने सूचना हो। हामीले खर्च गर्ने समय, क्लिक गर्ने सामग्री, रुचि, लोकेशन, र व्यवहारसम्बन्धी डाटा संकलन गरेर उनीहरूले लक्षित विज्ञापन देखाउँछन्। यसरी, उपभोक्ताले…

About the author

MPhil in ELE, Kathmandu University, Writer & Researcher in Education, SEO Practitioner & ICT enthusiast.

Post a Comment