प्रयोशाला
नेपाल–भारत सम्बन्धलाई मसिनो गरी केलाइएको किताब ‘प्रयोगशाला’ नेपाली सङ्क्रमण दिल्ली, दरबार र माओवादी नामक पुस्तक सुधीर शर्माद्वारा लिखित फाईनप्रिन्ट काठमाडौंद्वारा प्रकाशित २०७१ भाद्रमा पाठक माझ ल्याइएको ३९० पृष्ठमा समेटिएको गैर आख्यान कृति हो । प्रस्तुत पुस्तक कन्फ्लीक्ट एप्रोच र परनिर्भरताको सामाजिक सिद्धान्त अन्तरगत लेखिएको पाइन्छ । यसमा विषय सूची अन्तरगत एउटा सपनाको अन्त्य, आरम्भ, उत्कर्ष, अवतरण र नियती रहेका छन् । “एउटा सपनाको अन्त्य” शीर्षक बाहेक अन्य सबै शीर्षक उपशीर्षकमा विभाजित छन् । प्रयोगशाला “एउटा सपनाको अन्त्य” शीर्षकबाट सुरु हुन्छ भुपी शेरचनको “घुम्ने मेच माथि अन्धो मान्छे” कविता सङ्ग्रहको एउटा कविता प्रेषित गर्दै । र, समाप्त हुन्छ ‘नियती’ शीर्षकको उपशीर्षक ‘नबदलिएको छिमेकी’ अन्तरगत पृष्ठ ३९० मा एउटा अन्तिम मिठो सुझाव वाक्यसहित “दिल्लीले नेपाल नीति समीक्षा गर्ने हो भने परिमार्जन गर्नुपर्ने मुख्य विषय नै यहि हो ।” पृष्ठ १ मै लेखक शर्माले भारतको रिसर्च एण्ड एनालाइसिस् विङ्ग “रअ” को तत्कालिन नेपाल स्टेशन प्रमुख पिटर जेपी हनामनको चर्चा गरेका छन् । यसले के पनि सङ्केत गर्छ भने कतै …