मध्यपूर्वमा भीषण युद्ध सुरु: इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खाडी क्षेत्रमा रहेका १३ लाख नेपाली उच्च जोखिममा

मध्यपूर्वमा भीषण युद्ध सुरु: इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खाडी क्षेत्रमा रहेका १३ लाख नेपाली उच्च जोखिममा
मध्यपूर्वमा दशककै सबैभन्दा ठूलो सैन्य मुठभेड सुरु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको सैन्य र आणविक क्षमता ध्वस्त पार्ने उद्देश्यले 'अपरेशन लायन्स रोअर' (इजरायल) 'अपरेशन एपिक फ्युरी' (अमेरिका) नामक संयुक्त सैन्य अभियान सुरु गरेका छन्। शनिबार बिहानैदेखि इरानका प्रमुख सहरहरू तेहरान, इसफाहान, कोम र करजमा भीषण बमबारी जारी छ। इरानी अधिकारीहरूका अनुसार दक्षिण इरानको मिनाबमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परी कम्तीमा ५१ जना विद्यार्थीको मृत्यु भएको छ। इरानको जवाफी हमला र खाडीमा तनाव आक्रमणको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूलाई लक्षित गरी दर्जनौँ ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। इरानको रिभोलुसनरी गार्ड्स (IRGC) ले कतारको अल-उदेइद , कुवेतको अल-सलेम , युएईको अल-धफ्रा र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडमा सिधा प्रहार गरेको दाबी गरेको छ। बहराइनले आफ्नो क्षेत्रमा क्षेप्यास्त्र खसेको पुष्टि गरेको छ। युएईको अबुधाबीमा क्षेप्यास्त्रको अवशेष लाग्दा एक व्यक्तिको मृत्यु भएको खबर छ। दुबई, दोहा…