नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू
नेपाल सरकार, मन्त्रिपरिषद्को ऐतिहासिक निर्णय (२०८२ चैत १३) वि . सं. २०८२ भाद्र २३ र २४ को जेन-जी (Gen-Z) आन्दोलन र त्यसपछिको ऐतिहासिक निर्वाचन (२०८२ फागुन २१) को जनादेशलाई कार्यान्वयन गर्न नेपाल सरकारले यो सुधार मार्गचित्र स्वीकृत गरेको छ। तलका प्रत्येक बुँदामा क्लिक गरी विस्तृत विवरण पढ्न सक्नुहुन्छ। खण्ड (क): साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १. निर्वाचन सम्पन्न गराउने पक्षहरूप्रति आभार सम्वत् २०८२ फागुन २१ मा सम्पन्न आम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन योगदान पुऱ्याउने तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार प्रकट गर्ने। २. नतिजामा आधारित शासकीय प्रवन्ध (Delivery-Based Governance) लागू सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रवन्ध (Delivery-Based Governance) लागू गर्ने। यसको लागि प्रत्येक मन्त्रालयले ७ दिनभित्र प्रमुख १० कार्य…