राष्ट्रिय जिम्मेवारी कि नियोजित अराजकता?

नेपालमा निर्वाचनपछिको जटिलता आज मिति २०८२-११-२१ मा सम्पन्न निर्वाचन र त्यस वरपरका घटनाक्रमले देशलाई निकास दिनुको सट्टा थप जटिलता र अनिश्चितताको भुमरीमा धकेलेको छ। १ करोड ९० लाख मतदातामध्ये जम्मा ९० लाखको हाराहारीमा मत खस्नु (इतिहासकै न्यून प्रतिशत) ले यो निर्वाचनप्रति जनताको व्यापक वितृष्णा र ऊर्जाहीनतालाई पुष्टि गर्छ। जसमा नयाँ शक्ति हरुको अस्वाभाविक उदयले मिडिया र अल्गोरिदम प्रयोग गरि मानिसहफुको ब्रेनवाश गरिएको प्रमाणित भएको छ। यो केवल एउटा निर्वाचन थिएन, बरु 'मिसन SPP' र बाह्य रणनीतिको एउटा कडी मात्र देखिन्छ। घटनाक्रमको पृष्ठभूमि र अदृश्य खेल देशका प्रमुख राजनीतिक दलहरूले असहज परिस्थितिका बीच निर्वाचनमा जाने निर्णय गर्नुलाई कमजोरी होइन, राष्ट्रिय जिम्मेवारीका रूपमा बुझ्नुपर्थ्यो। तर, २३/२४ गतेका घटनाहरू सामान्य राजनीतिक असहमति मात्र थिएनन्। ती त एल्गोरिदमद्वारा सञ्चालित मनोवैज्ञानिक युद्ध र घोषित-अघोषित भू-राजनीतिक प्रभावका परिणाम थिए। सुरक्षा संवेदनशीलतामा प्रश्न: शिक्षक आन्दोलनमा कडा हुने प्रशासन, राष्ट्रिय धरोहर जलाउने योजना 'डिस्कर्ड' जस्ता प्लेटफर्ममा खुला छलफल हु…