Posts
राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार
राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार
नेपालका नागरिक मेची-महाकाली ६७४३ वडा बस्ने सबैसँग, नेपाल आमाका सन्तति काठमाडौँ जिल्ला, वडा न. १६ घण्टी घर बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम सदस्यहरूले २०८२ साल फाल्गुन महिना २१ गतेका दिन तपाईं नागरिकहरूका घर दैलोमा आई, विगतमा लोकतान्त्रिक अधिकारका लागि भएका संघर्षहरूदेखि सुशासनको पक्षमा भएको जेन-जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै, तपाईंहरूको अमूल्य 'मत' रुपी लगानी माग्दा, तपाईं नागरिकहरूले हामीलाई विश्वास गरी तपसिलको सोचलाई लगानी स्वरूप प्रदान गर्नुभएमा, सो बापत हामी तपाईंहरूलाई बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्वयात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक-सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र 'सौम्य शक्ति'को विस्तार गरी सार्वभैमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै निम्न बमोजिमको प्रतिफल स्वरूप 'समुन्नति' पाँच वर्षभित्र भुक्तान गर्ने सर्तमा यो नागरिक क…