नेपाल राष्ट्र बैंकद्वारा बैंक बिदा तथा कार्यालय समय निर्धारणसम्बन्धी विशेष सूचना जारी

नेपाल राष्ट्र बैंकद्वारा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा तथा नयाँ कार्यालय समय निर्धारण। बैंकको संशोधित कार्यतालिका र बैंकिङ कारोबार समयबारे...
नेपाल राष्ट्र बैंकले बैंक बिदा र कार्यालय समयसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। अब शनिबार र आइतबार बैंक बन्द रहनेछन्। काठमाडौँ, २२ चैत २०८२ न याँ सरकारको मन्त्रिपरिषद्ले इन्धन खपत घटाउने र सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले पुनः हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोही निर्णयलाई पछ्याउँदै केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले बैंक बिदा र कार्यालय समयसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। महत्वपूर्ण सूचना: नेपाल राष्ट्र बैंक, मानव संसाधन व्यवस्थापन विभागका अनुसार अबदेखि देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ। यो व्यवस्था तत्कालै लागू हुने गरी सबै विभाग, महाशाखा र कार्यालयहरूलाई निर्देशन दिइएको छ। १. नयाँ कार्यालय समय सरकारको पछिल्लो निर्णयअनुसार बैंकहरूको कार्यालय समय यसप्रकार तय गरिएको छ: अवधि/मौसम सञ्चालन समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० देखि अपराह्न ५:०० बजेसम्म हिउँदको समय (कात्तिक १६ देखि माघ १५ सम्म) बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म २. बैंकिङ कारोबारको समय (Counter Service) सर्वसाधारणका लाग…