त्रिविमा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय, कार्यालय समयमा पनि हेरफेर
काठमाडौँ । २०८२ चैत २४ त्रि भुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना मातहतका सम्पूर्ण कार्यालय, क्याम्पस र विभागहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने औपचारिक निर्णय गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले नेपाल सरकारको नीतिसँग सामञ्जस्यता कायम गर्दै अब साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। विश्वविद्यालयले यसअघि कायम रहेको कार्यतालिकालाई परिमार्जन गर्दै पठनपाठन, अनुसन्धान र प्रशासनिक कार्यमा संलग्न जनशक्तिले अनिवार्य रूपमा पूरा गर्नुपर्ने समय र दायित्वका सम्बन्धमा समेत नयाँ नियमहरू सार्वजनिक गरेको छ। शिक्षक र शैक्षिक कार्यतालिकाको व्यवस्थापन त्रिवि अन्तर्गतका आङ्गिक क्याम्पस र विभागहरूमा कार्यरत शिक्षकहरूको हकमा क्रेडिट आवर र कक्षा भारलाई मुख्य आधार बनाइएको छ। बिदाका कारण विद्यार्थीको पढाइमा असर पर्न नदिनका लागि निम्न व्यवस्था गरिएको छ: सेमेस्टर र वार्षिक परीक्षा प्रणाली अन्तर्गत तोकिएको क्रेडिट आवर (Credit Hour) र वार्षिक कक्षा भार (Class Load) मा कुनै पनि कटौती हुने छैन। सम्बन्धित क्याम्पस र विभागहरूलाई नै आफ्नो अनुकूलतामा पठनपाठनको…