Posts

शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषण विरुद्ध 'शून्य सहनशीलता' (Zero Tolerance)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विशेष आह्वान

lzIff, विज्ञान, तथा प्रविधि मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति अङ्गीकार गर्दछ। विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ।

गोपनीयताको सुनिश्चितता: यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दछौँ। तपाईँले उपलब्ध गराउनुभएको विवरण केवल कारबाही प्रक्रियाका लागि मात्र प्रयोग गरिनेछ।

उजुरी प्रक्रियाका चरणहरू

  1. विवरण सङ्कलन: घटनासँग सम्बन्धित मिति, स्थान र संलग्न व्यक्तिको जानकारी तयार पार्नुहोस्।
  2. फारम भर्नुहोस्: तल दिइएको आधिकारिक लिंकमा क्लिक गरी आफ्नो विवरण निर्धक्क भई उपलब्ध गराउनुहोस्।
  3. कारबाहीको प्रक्रिया: मन्त्रालयको विशेष कार्यदलले प्राप्त विवरणको सत्यतथ्य जाँच गरी तत्काल प्रशासनिक वा कानुनी कारबाही अगाडि बढाउनेछ।

निर्धक्क भई आफ्नो उजुरी दर्ता गर्न तलको बटनमा क्लिक गर्नुहोस्:

अनलाइन उजुरी दर्ता गर्नुहोस्

विशेष नोट: सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय साहायता र सहयोगको अपेक्षा गरिएको छ। कुनै पनि संकोच नमानी सत्य तथ्य जानकारी उपलब्ध गराई न्यायको प्रक्रियामा सहयोग पुऱ्याउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गरिन्छ।

स्रोत: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल सरकार।
"सुरक्षित शिक्षा, सभ्य समाज"

Post a Comment

Thank you for the feedback.