राष्ट्रवादी नेतृत्व र इतिहासको धरोहर

राष्ट्रवादी नेतृत्व र इतिहासको धरोहर
नेपालको इतिहासले धेरै पटक देखाएको छ—राष्ट्रका लागि प्राण आहुति दिनेहरूलाई लखेटी–लखेटी समाप्त पारिएको छ। भीमसेन थापादेखि राजा वीरेन्द्रसम्म—जो राष्ट्रवादी सोचका कारण प्रहारको लक्ष्य बने—उनीहरू गलत थिएनन्। हालैको आन्दोलनको पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय घुसपैठ सुरु भएको स्पष्ट देखिन्छ। प्रहरी भित्र घुसपैठ गरी अबोध युवामाथि गोली चलाइयो, त्यो पनि प्रधानमन्त्री र मन्त्रीलाई जानकारी नै नदिइकन। जब गोली चलेर निर्दोष युवाको ज्यान गयो, त्यतिबेला गृह मन्त्री संसद भवनभित्र संसदीय समितिमा थिए। संसद भवन बाहिर गोली चल्दा भित्र बसेका मन्त्रीलाई थाहा नै नहुने स्थिति अस्वाभाविक मात्र होइन, गम्भीर षड्यन्त्रको संकेत हो। दोस्रो दिन सेना र प्रहरीलाई प्रयोग गरेर ताण्डव प्रस्तुत गरियो। देशको ऐतिहासिक दस्तावेज र धरोहरहरू जलाइयो, तर सुरक्षाबल मौनदर्शक बने। यसको एक मात्र कारण थियो—नेपालले साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको मनपरी चलाइएका आदेशलाई अस्वीकार गर्नु। लिपुलेक–लिम्पियाधुरालाई नक्सामा समेट्नु र त्यसलाई अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गर्नु नै नेपालविरुद्ध विदेशी हस्तक्षेप बढ्नुको मुख्य कारण थियो। माध्…

Post a Comment