Posts
जेनजीहरूको आन्दोलन किन सफल भयो?
नेपालको राजनीतिक इतिहासमा जेनजी पुस्ताले नेतृत्व गरेको पछिल्लो आन्दोलनले अनपेक्षित परिणाम दिएको छ। सामान्यतया असङ्गठित र अस्थायी भनिने युवापुस्ता सडकमा उत्रिएर शासक वर्गलाई चुनौती दिन सक्नेछ भन्ने कुरा धेरैलाई विश्वास थिएन। तर घटनाक्रमले त्यो विश्वासलाई भङ्ग गरिदियो। पाँच प्रमुख कारणहरूलाई आधार मान्दा, यस आन्दोलनको सफलतामा निहित गहिरा शक्ति र सम्भावना प्रस्टिन्छ। १. सुरक्षाकर्मीहरूको तटस्थता कुनै पनि शासन संरचनाको सुरक्षा कवच सेना र प्रहरी हुन्। तर यो आन्दोलनमा नेपाली सेनाले प्रत्यक्ष दमनको बाटो रोजेन। तत्कालीन प्रधानमन्त्रीलाई सुरक्षित निकास दिने निर्णयले आन्दोलनकारीको आत्मबल असाधारण रूपमा बढायो। प्रधानमन्त्री बिहिन स्थितिमा प्रशासनिक आदेश विखण्डित भयो र आन्दोलनले सहजै नियन्त्रणको अवस्था प्राप्त गर्यो। २. आन्दोलनको राजनीतिक फ्यूजन प्रारम्भमा जेनजीहरूको मात्र आक्रोश देखिएको भए पनि दोस्रो दिनदेखि यो बहुआयामिक आन्दोलनमा रूपान्तरण भयो। रास्वपा, राप्रपा, माओवादी लगायतका शक्तिहरूका समर्थकहरू मिसिँदा आन्दोलनको स्वरूप “पुस्तागत विद्रोह” बाट “जनआन्दोलन” मा विस्तार भयो। विविध राजनीतिक धारहरूको यह…