फेसबुकलाई बन्द गर्ने कि विचारलाई ?

फेसबुकलाई बन्द गर्ने कि विचारलाई ?
अमेरिका त्यसै अमेरिका भएको होइन । विचारदेखि उत्पादनसम्म राज्यको नियन्त्रणमा रहनुपर्छ भन्ने कड़ा कम्युनिस्ट स्कुलिङ्को व्यक्ति पनि आज उदार विश्व, वैचारिक स्वतन्त्रता, खुला बजार र 'फ्री इकोनोमी'को महत्त्व बुझाउँदै पूँजीवादी उत्पादन 'फेसबुक'को पक्षमा उभियो !  आज फेसबुक 'वैचारिक स्वतन्त्रता'को पर्यायजस्तै भएको छ । साम्राज्यवाद, सर्वसत्तावाद, पूँजीवाद, दलाल नोकरशाही जस्ता गह्रुँगा र आफैले अर्थ नबुझ्ने शब्द प्रयोग गरेर यसैलाई गाली गर्दा पनि यसबाट मान्छेले कमाइ गरिरहेका छन् । सूचना र विचार निर्माणमाथि फेसबुक, एक्सजस्ता प्लेटफर्मको एकछत्र राजमाथि चिन्ता र चासो पनि यिनै प्लेटफर्ममार्फ़त् व्यक्त भइरहेको छ ! एक पैसा खर्च नगरी आज फेसबुकले आफ्नो पक्षमा उभिइदिने सेना पाएको छ । देशले बारम्बार दर्ता हुन आह्वान गर्दा पनि दर्ता हुन नआएपछि प्लेटफर्म नै बन्द गर्ने निर्णयका विरुद्ध फेसबुक बोल्न पर्दैन । हामी बोलिरहेका छौँ । देशको निर्णयविरुद्ध बहुराष्ट्रिय कम्पनीको पक्षमा सिङ्गो जनसङ्ख्या बोल्ने स्थिति भनेको असामान्य स्थिति हो ।  अमेरिकी उत्पादन फेसबुकमा अमेरिकालाई नै गाली गरेर भिडियो ह…

Post a Comment