प्रिय जेन-जी
तपाईंहरूले भ्रष्टाचारको विरोध र अभिव्यक्ति स्वतन्त्रताका निम्ति गर्ने भनेको शान्तिपूर्ण अभियानमा मेरो पूर्ण समर्थन थियो ! तर यो इतिहासकै सबैभन्दा अशान्तमध्ये एक बन्यो ! सोसल मिडिया बन्द गर्ने निर्णयविरुद्ध खुलेर लेखियो । सरकारलाई बन्दको विकल्प खोज्ने नम्र सल्लाह पनि दिइयो । भ्रष्टाचारविरुद्धको आन्दोलन, स्वतन्त्रताको पक्षमा आन्दोलन, त्यो पनि कुनै दलको सदस्य नभएको र मभन्दा धेरै कलिलो पुस्ताले ! कसले समर्थन नगर्ला र ! हामी आन्दोलन भन्नेबित्तिकै टायर, ढुङ्गा र आगजनीको कालो इतिहास बोकेर हुर्केको पुस्ता थियौँ ! एउटा नयाँ, सिर्जनशील र उदाहरणीय आन्दोलनको कल्पना हाम्रो मनमा थियो ! सड़कमा आउनुअघि नै सिङ्गो देशले कुनै न कुनै रूपले समर्थन गरेको यस्तो आन्दोलन बिरलै हुने गर्थ्यो ! भ्रष्टाचारबाट देश साँच्चिकै पीड़ित थियो । राजनीतिमा केही व्यक्ति र परिवारको कब्जा जस्तै थियो । यस्तोमा सबैभन्दा कम उमेरको युवाले आबाज उठाउँदा त्यसलाई समर्थन गर्नु हाम्रो कर्तव्य नै थियो । यो पुस्ताले मथ्ने दहीबाट अर्कैले नौनी चोर्ने डर पनि प्रकट गरेकै हो ! यो अभियान सड़कमा नआउँदै यसले दिन खोजेको मेसेज कानैसम्म सुनिने गरी घन्…