सामाजिक शिक्षा कक्षा १० को नमुना प्रश्नपत्र २०८२

सामाजिक शिक्षा कक्षा १० नमुना प्रश्नपत्र २०८२: नयाँ पाठ्यक्रममा आधारित मोडेल प्रश्नहरू, उत्तरकुञ्जी र परीक्षा तयारी सामग्री। SEE २०८२/८३ का लागि...
परीक्षार्थीहरूका लागि निर्देशनहरू: सबै प्रश्नहरू अनिवार्य छन्। जहाँ 'अथवा' दिइएको छ, त्यहाँ कुनै एक मात्र प्रश्नको उत्तर दिनुहोस्। उत्तर स्पष्ट, क्रमबद्ध र सफा अक्षरमा लेख्नुहोस्। नक्सा सम्बन्धी प्रश्नमा आवश्यक संकेत (Index) अनिवार्य रूपमा प्रयोग गर्नुहोस्। प्रश्नपत्रको रूपरेखा समूह (क): अति छोटो उत्तर आउने प्रश्नहरू (११ अंक) समूह (ख): छोटो उत्तर आउने प्रश्नहरू (३६ अंक) समूह (ग): लामो उत्तर आउने प्रश्नहरू (२८ अंक) समूह (क) - अति छोटो उत्तर आउने प्रश्नहरू ११ × १ = ११ (प्रत्येकको एक वाक्यमा उत्तर दिनुहोस्) हाम्रो राष्ट्रिय गौरवको कुनै एक महत्व लेख्नुहोस्। विकासका पूर्वाधारलाई दिगो र टिकाउ बनाउन के गर्नुपर्छ? कुनै एक बुँदामा लेख्नुहोस्। घरेलु हिंसाको कुनै एक पारिवारिक असर लेख्नुहोस्। अन्धविश्वास हटाउन सहयोग गर्ने एउटा सन्देश लेख्नुहोस्। वि.सं. २००७ को दिल्ली सम्झौता कुन कुन पक्षबीच भएको थियो? पिस्कर हत्याकाण्डपछि नेपालको राजनीतिमा परेको एउटा तत्कालीन असर लेख्नुहोस्। कर छली गर्नु किन गैरकानुनी कार्य हो? एक वाक्यमा लेख्नुहोस्। वैदेशिक रोजगारीबाट फर्केकाले सिकेको सीप स्वदेशमा कसरी उपयोग गर्न सकिन्छ? अ…