राष्ट्रपति रूजवेल्टदेखि पन्चको अँगालोसम्म

टेडी बियरको जन्मकथा : राष्ट्रपति थियोडोर रूजवेल्टको नैतिक निर्णय, एउटा कार्टुन र जापानी बाँदर पन्चको एउटै करुणाको सूत्रमा बाँधिएको मानवता
राष्ट्रपति रूजवेल्टदेखि पन्चको अँगालोसम्म
टेडी बियर : एउटा सानो नैतिक निर्णयको विश्वव्यापी कथा सन् १९०२ तिरको कुरा हो । त्यतिबेला अमेरिकी राष्ट्रपति थिए थियोडोर रूजवेल्ट । उनलाई सबैले माया गरेर ‘टेडी’ भनेर बोलाउँथे । उनी साहसी, स्पष्टवादी र प्रकृतिप्रेमी नेता मानिन्थे । एक दिन मिसिसिपी राज्यमा राजनीतिक भ्रमणका क्रममा उनलाई शिकारमा सहभागी गराइयो । राष्ट्रपति शिकार गर्न मन पराउँथे, तर उनी निर्दयी थिएनन् । उनी शिकारलाई पनि एउटा जिम्मेवारी र मर्यादाको विषय ठान्थे । त्यो दिन शिकार राम्रो भएन । धेरै प्रयास गर्दा पनि रूजवेल्टले कुनै जनावर देखेनन् । राष्ट्रपति शिकार खेल्न आएका छन्, तर खाली हात फर्किनु पर्नेभयो । यसले आयोजकहरूलाई असजिलो बनायो । यही दबाबमा उनका सहयोगीहरूले एउटा सानो र कमजोर कालो भालु समाते । त्यो भालुलाई रुखमा बाँधेर राष्ट्रपति रूजवेल्टलाई बोलाएर भनियो, ‘अब तपाईं शिकार गर्न सक्नुहुन्छ ।’ त्यो दृश्य देखेर राष्ट्रपति स्तब्ध भए । बाँधिएको, थाकेको र प्रतिरोध गर्न नसक्ने जनावरलाई मार्नु उनको नैतिकताले स्वीकार गर्न सकेन । ‘यो कुनै शिकार होइन । यस्तो काम म गर्न सक्दिनँ’ रूजवेल्ट भने । उनले त्यो भालुलाई मार्न अस्वीकार गरे र बरू …