चुनावमा बिद्यालय बिदा छ, अब के गर्ने?

यस एक हप्ताको बिदालाई 'विश्राम' मात्र नठानी, 'पढाइको चुनावी अभियान' का रूपमा लिनुहोस्।
चुनावमा बिद्यालय बिदा छ, अब के गर्ने?
विद्यार्थी भाइबहिनीहरूका लागि विशेष अपील तथा परीक्षा तयारी निर्देशन प्रिय विद्यार्थी भाइबहिनीहरू, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ यही फागुन २१ गते सम्पन्न हुन गइरहेको कुरा तपाईंहरूलाई अवगत नै छ। अधिकांश माध्यमिक विद्यालयहरू मतदान केन्द्रका रूपमा प्रयोग हुने भएकाले फागुन १८ गतेदेखि २३ गतेसम्म विद्यालय बिदा रहनेछन। यस अवधिमा नियमित पठनपाठन तथा अन्य कक्षाहरू सञ्चालन हुन सक्ने सम्भावना हुदैन तसर्थ आफ्नो लागि समय आफै ब्यबस्थापन गरि पठनपाठनमा सक्रिय रहनुहुन अनुरोध छ। विद्यालय बन्द, तर लक्ष्य जारी छ! प्रिय भाइबहिनीहरू, विद्यालयको भौतिक कक्षा रोकिए पनि तपाईंहरूको लक्ष्य र अध्ययन रोकिनु हुँदैन। यो एक हप्ताको बिदालाई केवल विश्रामको समय मात्र नठानी, आफ्नो भविष्य निर्माण गर्ने एक 'सुनौलो अवसर' को रूपमा उपयोग गर्नुहोस्। एसईई (SEE) परीक्षा: अबको एक महिना निर्णायक तपाईंहरू जीवनको महत्वपूर्ण मोडमा हुनुहुन्छ। आगामी चैत १९ गते बाट सुरु हुने एसईई परीक्षा अब मात्र एक महिनाको दूरीमा छ। यो एक महिना तपाईंको मेहनत, अनुशासन र समर्पणले नतिजा निर्धारण गर्ने अत्यन्तै निर्णायक समय हो। "जसरी चुनाव राष्ट्र…