सत्य भन्दा लोकप्रियता महत्वपूर्ण होइन

बलात्कारजस्ता संवेदनशील विषयमा हतारो टिप्पणीले समस्या बढाउँछ। सेलिब्रेटी र सार्वजनिक व्यक्तित्वले जिम्मेवारीसाथ बोल्नु अनिवार्य छ।

बलात्कार जस्तो गम्भीर र अत्यन्त संवेदनशील विषयमा मानिसहरू प्रत्यक्षदर्शी जस्तै बनेर पक्ष–विपक्षमा वकालत गर्दै सामाजिक सञ्जालमा लेखिरहेको देख्दा चिन्ता लाग्छ। यस्तो घटनामा कसैको चरित्र तहसनहस हुने गरी हतारमा टिप्पणी गर्नु वा समर्थन–विरोधमा उत्रिनु समाजका लागि राम्रो संकेत होइन।

सामाजिक सञ्जालमा आफ्नो प्रभाव प्रयोग गर्ने सेलिब्रेटी, सार्वजनिक व्यक्तित्व र बौद्धिक वर्गले झन् बढी जिम्मेवार हुनुपर्छ। उनीहरूले तथ्य र प्रमाण नआउँदै कसैको पक्ष वा विपक्षमा उभिनु भन्दा पनि निष्पक्षता, संवेदनशीलता र कानुनी प्रक्रियाको सम्मान गर्न आवश्यक हुन्छ।

बलात्कारजस्तो गम्भीर आरोपमा पीडितको सम्मान, आरोपितको कानुनी अधिकार, र न्यायिक प्रक्रियाको मर्यादा तीनै पक्षलाई ध्यानमा राखेर मात्रै अभिव्यक्ति दिनु उपयुक्त हुन्छ। सामाजिक सञ्जाल लोकप्रियता कमाउने ठाउँ होइन, सत्य र जिम्मेवारीसहित बोल्ने माध्यम बन्नुपर्छ।

Post a Comment

Thank you for the feedback.