किताबका पानादेखि मोबाइलको स्क्रिनसम्म

स्कुले जीवनका पुराना पाठ्यपुस्तकदेखि एम.फिल. सम्मको अध्ययन यात्रा र वर्तमान पुस्तामा घट्दै गएको पठन संस्कृतिको आत्मचिन्तन
पुस्तकदेखि भाग्ने पुस्ता: एक आत्मचिन्तन। स्कुले जीवनदेखि एम.फिल. सम्मको पठन यात्रा र वर्तमान डिजिटल समयमा हराउँदै गएको पठन संस्कृतिमाथि एक गहन विश्लेषण। मे रो स्कुले जीवनमा प्रायः मैले मेरा दिदी र दाजुहरुकै पुराना पाठ्यपुस्तकहरू पढेर हुर्किएको मान्छे हुँ। नयाँ पाठ्यपुस्तक सायद मैले कक्षा ४ मा पढ्ने बेलामा मात्रै सरकारले निःशुल्क उपलब्ध गराएको थियो। पुस्तक प्राप्त गरेपछिको पहिलो काम भनेको दिदी-दाजुबाट सुनेका पाठ्यपुस्तकका कथाहरू दोहोर्‍याई-तेहेर्‍याई पढ्ने र कविताहरू लय हालेर गाउने हुन्थ्यो। कक्षा उत्तीर्ण भएको उत्साहसहितको त्यो पढाइमा सायद सबै चाखलाग्दा पाठहरू पहिले नै पढिसकिन्थ्यो र वर्षभरी तिनै पाठहरू नै फेरि फेरि पढिन्थ्यो। तर मेरो देश, वातावरण र गणित जस्ता विषयका पुस्तकहरू किनेपछि प्लास्टिकको गाता हाल्ने नै पहिलो काम हुन्थ्यो। अङ्ग्रेजीमा चाहिँ के-के चित्रहरू रहेछन् भनेर खुब हेरिन्थ्यो। मेरो व्यक्तिगत अनुभवमा गणित चाहिँ बाध्यताले कक्षाकोठामा वा गृहकार्य गर्दा मात्रै हेरिन्थ्यो होला। सायद त्यसैले होला, स्कुले जीवनमा गणितमा उत्कृष्ट हुन सकिएन, न त अङ्ग्रेजीमै। अङ्ग्रेजी विषयमै एम.फिल. …