काठमाडौँ उपत्यका मेयर्स फोरमले संघीय सरकारको शैक्षिक कार्यतालिकालाई चुनौती दिँदै उपत्यकामा वैशाख ११ देखि भर्ना र १५ देखि पठनपाठन सुरु गर्ने निर्णय...
संघीय सरकारको अन्योल चिर्न मेयर्स फोरमको निर्णय
काठमाडौँ उपत्यका मेयर्स फोरमले संघीय सरकारको शैक्षिक कार्यतालिकालाई चुनौती दिँदै उपत्यकामा वैशाख ११ देखि भर्ना र १५ देखि पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। संविधान र स्थानीय सरकार सञ्चालन ऐनको रक्षाका लागि यो कदम चालिएको हो। का ठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूको साझा संस्था ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’ ले विद्यालय शिक्षामा संघीय सरकारले चालेको कदमलाई चुनौती दिँदै उपत्यकामा आफ्नै शैक्षिक कार्यतालिका कार्यान्वयन गर्ने घोषणा गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयले शैक्षिक सत्र सञ्चालनमा अन्योल सिर्जना गरेको ठहर गर्दै फोरमले आगामी वैशाख ११ गतेदेखि भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सुरु गर्न कडा निर्देशन जारी गरेको हो। नेपाल सरकारले वैशाख १५ गतेबाट मात्र भर्ना अभियान सुरु गर्ने निर्णय सार्वजनिक गरेपछि उपत्यकाका मेयरहरूले त्यसलाई ‘शिक्षा नियमावली र संवैधानिक अधिकारविपरीत’ भन्दै अस्वीकार गरेका हुन्। संवैधानिक अधिकारको रक्षा र कानुनी जिकिर मेयर्स फोरमले आफ्नो निर्णयको आधार प्रस्तुत गर्दै नेपालको संविधान र विद्यमान ऐनहरूको हवाला दिएको छ। फोरमका अध्यक्ष चिरीबाबु महर्जन द्वारा हस्त…