स्वास्थ्य सेवा सुधारका लागि उच्चस्तरीय समिति गठन, १५ दिनभित्रै 'डिजिटल पोर्टल' सञ्चालनमा ल्याइने

स्वास्थ्य मन्त्रालयद्वारा १५ दिनभित्र 'फ्री हेल्थ पोर्टल' र डिजिटल औषधि प्रणाली लागू गर्न प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा शासकीय सुधार र डिजिटल सेवा प्रवाहका लागि प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। काठमाडौँ, २२ चैत २०८२ ने पाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा शासकीय सुधार र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन र मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत 'शासकीय सुधार सम्बन्धी कार्यसूची' कार्यान्वयन गर्ने सन्दर्भमा यो समिति बनाइएको हो। मन्त्रालयले समितिलाई १५ दिनभित्र तोकिएको कार्यदेश (Terms of Reference) बमोजिमका कार्यहरू पुरा गर्न निर्देशन दिएको छ। समितिको संरचना मन्त्रालयद्वारा गठित समितिमा निम्न पदाधिकारीहरू रहनुभएको छ: संयोजक: प्रा.डा. श्रीकृष्ण श्रेष्ठ (अतिरिक्त स्वास्थ्य सचिव) सदस्यहरू: डा. सरोज शर्मा, डा. भिम प्रसाद सापकोटा, श्री मित्र प…