शैक्षिक सत्र २०८३ सम्बन्धी महत्वपूर्ण सूचना

२०८३ को शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने र हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा।

सरकारले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना र पठनपाठनको नयाँ समयतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो सूचना अनुसार आगामी वैशाख १५ गतेबाट भर्ना अभियान सुरु हुनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन हुनेछ। नयाँ व्यवस्था अनुसार विद्यालयहरूले वैशाख २ गतेदेखि नै शैक्षिक सत्रको कार्ययोजना निर्माण, विद्यालय सुधार योजना अद्यावधिक र शिक्षकहरूको क्षमता विकास जस्ता रचनात्मक तयारीका कामहरू सम्पन्न गर्नुपर्नेछ। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयका कारण विद्यालयहरूले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर र पठनपाठनको ढाँचालाई सोही अनुरूप समायोजन गरी कार्यान्वयन गर्नुपर्ने केन्द्रले जनाएको छ।

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा तथा मानव स्रोत विकास केन्द्र

सानोठिमी, भक्तपुर

प.सं.: २०८२/८३
च.नं.: ६७

मिति: २०८२।१२।२६

विषय: निर्णय कार्यान्वयन सम्बन्धमा।

श्री स्थानीय तह (सबै)
श्री विद्यालय (सबै)

प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.न. ४३५ मिति २०८२।१२।२५ को पत्रानुसार “२०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने” भन्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय साथै २०८२।१२।२३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ। सोही सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवम् सार्वजनिक बिदानुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न यो निर्देशन जारी गरिएको छ।

महत्वपूर्ण मितिहरू:
  • भर्ना अभियान प्रारम्भ: २०८३ वैशाख १५ गते
  • नियमित पठनपाठन सुरु: २०८३ वैशाख २१ गते

परिवर्तित कार्यतालिका अनुसार विद्यालयहरूले २०८३ वैशाख २ गतेदेखि नै तपसिलबमोजिमका प्रवर्द्धनात्मक र रचनात्मक शैक्षिक गतिविधिहरू सञ्चालन गर्नुपर्नेछ:

तपसिल: सम्पादन गर्नुपर्ने शैक्षिक गतिविधिहरू

  1. शैक्षिक कार्ययोजना: शैक्षिक सत्र २०८३ को विस्तृत वार्षिक कार्ययोजना निर्माण गर्ने।
  2. शैक्षणिक योजना: वार्षिक कार्यतालिका तथा दैनिक शैक्षणिक योजनाको तयारी गर्ने।
  3. SIP अद्यावधिक: विद्यालय सुधार योजना (SIP) निर्माण तथा परिमार्जन गर्ने।
  4. शिक्षक क्षमता विकास: शिक्षकको पेशागत दक्षता वृद्धिका कार्यहरू सञ्चालन गर्ने।
  5. सिकाइ उपलब्धि सुधार: विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न विशेष योजना तयार गर्ने।

................................

(डा. श्याम प्रसाद आचार्य)
निर्देशक

सम्पर्क तथा विस्तृत जानकारी

माध्यम विवरण
सम्पर्क फोन (Sect.)६६३४१७८, ६६३४१८०, ६६३१०६७
doestat@mos.com.np
बोधार्थ प्राप्त गर्ने निकायहरू
  • श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ।
  • श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै): आवश्यक समन्वय एवम् सहजीकरणका लागि।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा यहाँहरूको सहयोगको अपेक्षा गर्दछौँ।

Post a Comment

Thank you for the feedback.