श्री
सर्वोच्च अदालत
(आन्तरिक तथा जिल्ला प्रशासन शाखा)
रामशाहपथ, काठमाडौं
| फोन: ४२००७२९, ४२००७२८, ४२००७५० | Email: info@supremecourt.gov.np |
| फ्याक्स: ४२००७४९ | पो.व.नं.: २०४३८ | Web: www.supremecourt.gov.np |
पत्र संख्या: ०७८/७९
च.नं.: २१६६
मिति: २०७९।०२।२७
ने.सं. ११४६ चौलागा: ८, शुक्रबार
प्राप्तकर्ता निकायहरू (श्री अदालत तथा इजलासहरू)
- उच्च अदालतहरू सबै
- इजलास सबै
- अस्थायी इजलास सबै
- प्रशसकीय अदालत
- न्यायाधिकरणहरू सबै
- विशेष अदालत
- श्रम अदालत
- फैसला कार्यान्वयन निर्देशनालय
- जिल्ला अदालत सबै
- उपभोक्ता अदालत
- बाल अदालत
उपर्युक्त सम्बन्धमा नेपालको संविधानको धारा २० को उपधारा (३) मा भएको व्यवस्थालाई दृष्टिगत गर्दै यो परिपत्र जारी गरिएको छ:
"पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई थुनामा राखिने छैन"
भन्ने व्यवस्था रहेको परिप्रेक्ष्यमा कार्यालय समय र विदाका सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार मिति २०७९।०२।२३ को नेपाल राजपत्रमा प्रकाशित सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३ मा भएको संशोधन र मिति २०७९।०२।२२ गते नेपाल सरकारले विदाका सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम हप्तामा शनिबार र आइतबार २ (दुई) दिन सार्वजनिक विदा हुने अवस्था सिर्जना भएको छ।
................................
(निराजन पाण्डे)
उपरजिस्ट्रार
सादर अवगतार्थ:
- सम्माननीय प्रधान न्यायाधीशज्यूको निजी सचिवालय
- मुख्य रजिस्ट्रारज्यूको सचिवालय
- रजिस्ट्रारज्यूहरूको सचिवालय
स्रोत: सर्वोच्च अदालत, नेपाल सरकार।