शैक्षिक सत्र २०८३ सम्बन्धी महत्वपूर्ण सूचना

२०८३ को शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने र हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा।
शैक्षिक सत्र २०८३ सम्बन्धी महत्वपूर्ण सूचना
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आधिकारिक सूचना: २०८३ को शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु हुने र हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा। सरकारले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना र पठनपाठनको नयाँ समयतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो सूचना अनुसार आगामी वैशाख १५ गतेबाट भर्ना अभियान सुरु हुनेछ भने वैशाख २१ गतेबाट नियमित पठनपाठन सञ्चालन हुनेछ। नयाँ व्यवस्था अनुसार विद्यालयहरूले वैशाख २ गतेदेखि नै शैक्षिक सत्रको कार्ययोजना निर्माण, विद्यालय सुधार योजना अद्यावधिक र शिक्षकहरूको क्षमता विकास जस्ता रचनात्मक तयारीका कामहरू सम्पन्न गर्नुपर्नेछ। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयका कारण विद्यालयहरूले आफ्नो वार्षिक शैक्षिक क्यालेन्डर र पठनपाठनको ढाँचालाई सोही अनुरूप समायोजन गरी कार्यान्वयन गर्नुपर्ने केन्द्रले जनाएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुर प.सं.: २०८२/८३ च.नं.: ६७ मिति: २०८२।१२।२६ विषय: निर्णय कार्यान्वयन सम्ब…