Posts
सर्वोच्च अदालतको परिपत्र
सर्वोच्च अदालतको परिपत्र: हप्ताको दुई दिन बिदा र लामो बिदाको समयमा पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउने संवैधानिक व्यवस्था कार्य
सर्वोच्च अदालतको परिपत्र: हप्ताको दुई दिन बिदा र लामो बिदाको समयमा पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउने संवैधानिक व्यवस्था कार्यान्वयन सम्बन्धी निर्देशिका। श्री सर्वोच्च अदालत (आन्तरिक तथा जिल्ला प्रशासन शाखा) रामशाहपथ, काठमाडौं फोन: ४२००७२९, ४२००७२८, ४२००७५० Email: info@supremecourt.gov.np फ्याक्स: ४२००७४९ | पो.व.नं.: २०४३८ Web: www.supremecourt.gov.np पत्र संख्या: ०७८/७९ च.नं.: २१६६ मिति: २०७९।०२।२७ ने.सं. ११४६ चौलागा: ८, शुक्रबार विषय : परिपत्र । प्राप्तकर्ता निकायहरू (श्री अदालत तथा इजलासहरू) उच्च अदालतहरू सबै इजलास सबै अस्थायी इजलास सबै प्रशसकीय अदालत न्यायाधिकरणहरू सबै विशेष अदालत श्रम अदालत फैसला कार्यान्वयन निर्देशनालय जिल्ला अदालत सबै उपभोक्ता अदालत बाल अदालत उपर्युक्त सम्बन्धमा नेपालको संविधानको धारा २० को उपधारा (३) मा भएको व्यवस्थालाई दृष्टिगत गर्दै यो परिपत्र जारी गरिएको छ: "पक्राउ गरिएको व्यक्तिलाई पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ र त्यस्तो अधिकारीबाट आदेश भएमा बाहेक पक्राउ भएको व्यक्तिलाई …