संसदीय सर्वोच्चता र ओभानो बन्न खोज्ने कार्यपालिका
विन्सन चर्चिलदेखि मनमोहन अधिकारीसम्मको ऐतिहासिक गौरवलाई बिर्साउँदै प्रधानमन्त्री बालेन्द्र शाहले संसद्प्रति देखाएको उपेक्षा र लोकतान्त्रिक संस्थाहरू..
लोकतन्त्र कुनै व्यक्तिविशेषको सनक वा लहडमा चल्ने प्रणाली होइन, यो त संस्थाहरूको सुदृढीकरण र विधिको शासनमा आधारित पद्धति हो। लोकतान्त्रिक व्यवस्थामा संसद् नागरिकको सार्वभौमसत्ता प्रतिबिम्बित हुने सर्वोच्च थलो हो, जहाँ सरकार प्रमुख (प्रधानमन्त्री) हरेक प्रश्न र नीतिका लागि जबाफदेही हुनैपर्छ। तर, वर्तमान परिप्रेक्ष्यमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्प्रति देखाएको चरम उपेक्षा र गैरजबाफदेही शैलीले नेपाली लोकतन्त्रको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ। विपक्षी र सांसदहरूले सदनमा प्रधानमन्त्रीको खोजी गरिरहँदा, बालुवाटारको कोठामा बसेर संसद्को 'लाइभ' हेर्दै रमाउनु संसदीय मर्यादाको ठाडो उपहास मात्र होइन, जनमतप्रतिको धोका पनि हो। इतिहास साक्षी छ, लोकतन्त्रका असली संवाहकहरूले महासंकटका बीच पनि संसद्को गरिमालाई कहिल्यै गिर्न दिएनन्। 'लोकतन्त्रको जननी' मानिने बेलायतका तत्कालीन प्रधानमन्त्री विन्सन चर्चिलले दोस्रो विश्वयुद्धको विभीषिका, चौतर्फी बमबारी र राष्ट्रिय संकटका बेला पनि संसद्लाई जीवन्त राखे। युद्धको मैदानबाट उनी सिधै संसद्मा पुगेर सांसदहरूका प्रश्नको नियमित …