वैचारिक खडेरी र दलीय अराजकता

समकालीन नेपाली राजनीति र समाजमा देखिएको यो अन्योल र आक्रोश केवल एउटा सरकार वा व्यक्तिप्रतिको क्षणिक असन्तुष्टि मात्र नभई सम्पूर्ण व्यवस्था र नेतृत्वको कार्यशैलीमाथि उठेको गम्भीर नैतिक प्रश्न हो। परम्परागत राजनीतिक दलहरूको संस्थागत असफलता, भ्रष्टाचार र सत्ताकेन्द्रित चरित्रका कारण नागरिकहरूले विकल्पको खोजी गरे तापनि नयाँ शक्ति वा नेतृत्वले देखाएको अपरिपक्वता, वैचारिक अस्पष्टता र कानुनी शासनप्रतिको उदासीनताले झनै गहिरो निराशा सिर्जना गरेको छ। वैश्विक आर्थिक सङ्कट र भू-राजनीतिक तनावका कारण बढेको मूल्यवृद्धिले निम्न तथा मध्यम वर्गको जीवनयापन कष्टकर बनाएको यथार्थलाई राज्यले बेवास्ता गर्न मिल्दैन। बजार नियन्त्रण, मूल्यवृद्धिमा रोक र लक्षित राहतका कार्यक्रममार्फत नागरिकलाई अभिभावकत्व दिनुको सट्टा राजनीतिक नेतृत्व जब सस्तो लोकप्रियतावाद (पपुलिजम्) र ध्यान मोड्ने गतिविधिमा अल्झिन्छ, तब समाजमा असन्तोष र मानसिक तनाव तीव्र रूपमा फैलिन्छ। यसले अन्ततः राज्यका संस्थाप्रतिको जनविश्वास नै धरापमा पार्दछ। 'दायाँ वा बायाँ केही होइनौँ' भन्ने नाममा विचारविहीन राजनीतिको वकालत गर्नु र जनआक्रोशलाई भजाएर…