एसईईका प्रमाणपत्र प्रतिलिपि र सत्यापन शुल्क अब घरबाटै अनलाइन भुक्तानी गर्न सकिने

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा २०५५ देखिका परीक्षार्थीका लागि 'अनलाइन बिलिङ' प्रणाली लागू; बैंकिङ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य
भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी भक्तपुरले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन 'अनलाइन बिलिङ' (Online Billing) प्रणाली सञ्चालनमा ल्याएको छ। कार्यालयद्वारा जारी सूचना अनुसार अब एस.एल.सी. तथा एस.ई.ई. परीक्षाका प्रमाणपत्रसम्बन्धी सेवाका लागि बुझाउनुपर्ने तोकिएको राजस्व दस्तुर अनलाइन माध्यमबाटै तिर्न सकिने भएको छ। विक्रम संवत् २०५५ देखि हालसम्म एस.एल.सी. (SLC) वा एस.ई.ई. (SEE) उत्तीर्ण गरेका परीक्षार्थीहरूले यस सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्। यसअघि प्रमाणपत्रको प्रतिलिपि निकाल्न वा सत्यता प्रमाणीकरणका लागि भक्तपुरस्थित कार्यालयमै पुगेर बैंकको लाइनमा बस्नुपर्ने सास्ती रहेकोमा अब सेवाग्राहीले जुनसुकै स्थान र समयबाट राजस्व बुझाउन सक्ने व्यवस्था मिलाइएको छ। अनलाइनबाट भुक्तानी गर्न सकिने सेवाहरू क्र.सं. सेवाको विवरण लक्षित वर्ग / दायरा १ मार्कसिट / ग्रेडसिट र प्रमाणपत्रको प्रतिलिपि निकाल्न वि.सं. २०५५ देखि हालसम्मका उत्तीर्ण परीक्षार्थी २ मार्कसिट / ग्रेडसिट र प्रमाणपत्रहरूको भेरिफाई (Verification) गर्न वि.सं. २०५५ देखि हा…