घटस्थापना र चित्रा, वैधृति योग शान्ति
दशैंको घटस्थापनामा चित्रा र वैधृति योग परेमा सन्तान र धननाश हुने मान्यता छ। त्यसैले २०८३ सालमा बिहान ११:४७ को 'अभिजित् मुहूर्त'मा साइत तोकिएको हो।
घटस्थापना र चित्रा, वैधृति योग शान्ति सम्बन्धी पूर्ण जानकारी। वि.सं २०८३ सालको घटस्थापनाको स्थिति, चित्रा नक्षत्र र वैधृति योग शान्ति विधि र यसको महत्त्व।
घटस्थापना र चित्रा, वैधृति योग शान्ति दशैं अर्थात् शारदीय नवरात्रको पहिलो दिन दुर्गा पूजा गर्ने कार्यलाई घटस्थापना भनिन्छ र यो कार्य आश्विन शुक्ल प्रतिपदाको दिन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाको दिन यदा कदा चित्रा नक्षत्र र वैधृति योग पनि पर्न सक्तछ। यसरी घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृतियोग पर्यो र यसमा घटस्थापना गरियो भने ठूलो अनिष्ट हुन्छ भनी शास्त्रमा बताइएको छ। शास्त्रअनुसार वैधृति योगमा घटस्थापना गरे पुत्रनाश हुन्छ र चित्रा नक्षत्रमा घटस्थापना गरे धननाश हुन्छ। घटस्थापनाको दिन पूरापूर चित्रा नक्षत्र र वैधृति योग परेमा के गर्ने भन्ने विषयमा देवीपुराणको भार्गवार्चन दीपिका र दुर्गोत्सवमा कात्यायनको वचन जस्ता शास्त्रहरूमा उल्लेख गरिएको छ। घटस्थापनाको दिन पूरापूर चित्रा नक्षत्र र वैधृति योग परेमा सकभर यी दुवैको घटी पला बितेपछि घटस्थापना गर्नुपर्छ। यो सम्भव नभएमा चित्रा र वैधृतिको तीन चौथाइ घटी (३/४ घटी) कटाई पछिल्लो एक चौथाइ घट…