कामै नगरी बाच्न सकिने देश: नेपाल
मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत देखाउनुपर्ने थियो । जागीर उहाँले खानुभएन, नो भनेर लेख्न पर्यो । कुनै व्यवसाय दर्ता छैन, त्यो पनि नो नै भयो । पेन्सन या अन्य नियमित आम्दानी भन्ने कोलम थियो । त्यहाँ पनि केही नभएको लेखियो ! आमासँग ब्याङ्क ब्यालेन्स या फिक्स्ड डिपोजिट पनि थिएन । लेख्दा लेख्दै आफै झसङ्ग भइयो । न जागीर छ, न व्यवसाय छ, न पेन्सन छ, न कुनै नियमित आयस्रोत छ ! तैपनि मान्छे बाँचेको छ ! यसरी कहिल्यै आफैलाई नियालिएको रहेनछ ! पश्चिमी नजरले हेर्दा यो अचम्मजस्तै हुने रहेछ ! जिन्दगीभर जागीर र व्यापार नगरी पनि मान्छे बाँच्न सक्ने रहेछन् । त्यो पनि फेरि हरितन्नम जीवन होइन । आमाले बाँचेको जीवन सम्पन्न वाला नभए पनि ठीकठाकै थियो ! पेशामा केही त लेख्न पर्ने थियो । फार्मर भन्ने शीर्षक रहेछ । त्यो मिल्नेजस्तो लाग्यो र टिक लगाइयो । अरू केही उपति नभएको मान्छेलाई किसान भन्ने मानसिकता रहेछ हाम्रो । फार्मर त भनियो तर फार्म नै छैन !पाँच कट्ठाको लालपूर्जा पनि छैन । एकडेढ़ कट्ठाको घरघडेरीबाहेक अर्को जग्गा छैन । बेलायतमा त्यति जग्गालाई Courtyard या Patio अर्थात् करेसाबारी भनिने रह…