नेपालीहरूले यमराजलाई नै छक्क पारे

नेपालीहरूले यमराजलाई नै छक्क पारे
आज नर्कमा अचम्मको माहोल छ। अन्य दिनहरूमा यहाँ आउने आत्माहरू डरले काँप्छन्, विलाप गर्छन्, अनि आफ्नो पापको सजाय भोग्न कराउँछन्। तर आज भने दृश्य उल्टो छ। यमराज आफैं छक्क परे। "के नर्क परिवर्तन भयो कि के हो? यहाँ आउने मान्छेहरू रोइरहेका हुँदाथिए, तर आजका त हाँसिरहेका छन्!" नर्कका गल्लीहरूमा असह्य दुर्गन्ध छ, भयानक आगो बलिरहेका छन्, उम्लिरहेको तेलको तलाउ तयार छ, अनि शैतानहरू कडिकडाउ गरिरहेका छन्। तर ती मानिसहरू भने खित्का छोडेर हाँस्दै छन्। "यी त नेपाली पो रहेछन्!" यमराज कराए। उनले आफ्ना दूतहरूलाई बोलाए। "हे दूतहरू! तिमीहरूले गल्ती गर्‍यौ कि के हो? यी मानिसहरू त हाम्रो सजायलाई रमाइलो मानेर हाँसिरहेका छन्! कतै तिमीहरूले स्वर्ग जानुपर्ने आत्माहरू त ल्याएनौ?" यमदूतहरू अक्क न बक्क भए। "हे प्रभु, यी सबै नेपाल भन्ने देशबाट आएका हुन्।" यमराज झन् छक्क परे। "नेपाल? त्यो त सुन्दर देश हो! हिमाल, हरियाली, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण! अनि यिनीहरू किन नर्कमा?" यमदूतहरूले टाउको हल्लाए। "हे प्रभु, कुरा सुन्नुस्। नेपाल सुन्दर भए पनि, त्यहाँका मानिसहरूलाई हे…

Post a Comment