खरानीको बीचमा भविष्य खोज्ने कलंकित यात्रा
नेपाल फेरि एकपटक गहिरो अन्धकारमा धकेलिएको छ। परिवर्तन, न्याय र जनताको अधिकारका नाममा उठाइएको आन्दोलन अन्ततः विध्वंसमा परिणत भएको छ। जसरी सिंहदरबारदेखि सर्वोच्च अदालत, ठूला व्यापारिक घरानादेखि उद्योग र व्यापारिक केन्द्रसम्म आगो र विनाशको शिकार भए, त्यसले जनतालाई केही पनि प्राप्त भएको छैन। यो आक्रोश केवल व्यक्तिगत भावनात्मक विस्फोट होइन, बरु देशको वास्तविकता र गहिरो संकटको अभिव्यक्ति हो। इतिहासकै महत्वपूर्ण संस्थाहरू जस्तै: सिंहदरबार, सर्वोच्च अदालत, प्रशासनिक निकाय र अरबौं मूल्यका संरचनाहरू जलाइए। एकताका सिंहदरबार जलाउनुपर्ने माग उठाउने नेतादेखि देश बंगलादेश बन्छ भनेर धम्की दिने नेतासम्म सबैको चाहना पूरा भएको जस्तो देखिन्छ। तर यसको मूल्य जनताले चुकाइरहेका छन्। अपराधी, बलात्कारी, लुटेरा र ठगीमा संलग्न हजारौँलाई जेलबाट मुक्त पारेर साम्यवाद आयो भन्ने नाममा पुरस्कृत गरिएको छ। न्याय, शान्ति र कानुनी शासनको आधारभूत ढाँचा ध्वस्त पारिएको छ। जनतालाई धागोको धर्सो पनि नदिई विध्वंसलाई उपलब्धि भनेर बेचिएको छ। सिंहदरबार र सर्वोच्च अदालतजस्ता संरचना खरानी भएपछि नयाँ ठेक्का, नयाँ बजेट र नयाँ भ्रष्टाचारक…