जेनजि आन्दोलन र त्रिकोणीय शक्ति–समीकरण

१. जेनजि आन्दोलनको वास्तविकता हालको जनआन्दोलनलाई “ Gen-Z ” ले उठाएको भन्दै व्यापक चर्चा भएको छ। तर यसको उठान र विस्तार केवल स्वतन्त्र युवा पुस्ताको आवेग मात्र होइन, बालेन शाह, दुर्गा प्रसाई र रवि लामिछाने जस्ता पात्रहरूको राजनीतिक उपस्थितिबाट पनि सम्भव भएको स्पष्ट छ। यी तीन नेताले विभिन्न कोणबाट जनभावनालाई प्रतिनिधित्व गरेका छन् र आन्दोलनलाई व्यापक बनाएका छन्। २. विभाजन र भडकाउने प्रयास यतिबेला आन्दोलनलाई विभाजित गर्ने, “नो रवि” वा “नो दुर्गा” जस्ता नाराले परिस्थितीलाई अझै भडकाउने खेल भइरहेको छ। यस्तो विभाजनले आन्दोलनको सार नोक्सान गर्ने मात्र होइन, नयाँ अप्रिय घटनालाई निम्त्याउने खतरा पनि बढाउँछ। ३. निषेधको राजनीति र यसको परिणाम नेपालको राजनीतिक संस्कृतिमा “निषेध” (Exclusion) को प्रवृत्ति पुरानो हो। एक समूहलाई निषेध गर्दा अर्को समूह हावी हुन्छ, तर दीर्घकालीन समाधान कहिल्यै जन्मिँदैन। यसरी निषेधले निषेध जन्माउँदै जाँदा अन्ततः देश नै खरानीमा परिणत हुने खतरा बढ्छ। आजको संकट पनि यही निषेधको परिणाम हो। त्यसैले अहिले “नो रवि” वा “नो दुर्गा” भन्दा पनि सबैलाई सम्बोधन गरेर निकास खोज्नु अपरिहार्य छ। ४. प…

Join the conversation