मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखक र सिग्देल जेन्जी आन्दोलनमा दोषी

मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेन्जी आन्दोलनका दोषी। कारबाही सिफारिससहितको पूर्ण विवरण
मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेन्जी आन्दोलनका दोषी। कारबाही सिफारिससहितको पूर्ण विवरण। मानव अधिकार आयोगको प्रतिवेदन : ओली, लेखकसहित प्रधानसेनापति सिग्देल पनि जेन्जी आन्दोलनका दोषी २३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री रमेश लेखक , प्रधानसेनापति अशोकराज सिग्देल सहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन तयार पारेको छ । समितिको प्रतिवेदनमा औंल्याइएका विषय– ● विशेष सुरक्षा योजना कार्यान्वयन हुन नसकेको ● एकैपटक अत्यधिक बल प्रयोग तथा घातक हतियार प्रयोग गरेको ● डिस्कर्डलगायत सामाजिक सञ्जालमा बम बनाउन सिकाउने कार्य भएको ● नेता तथा व्यवसायीका घर तथा कार्यालय कहाँ छ भनेर नक्सा नै सेयर भएको स्रोत: अनलाइनखबर (Onlinekhabar) ग्राफिक रिपोर्टमा आधारित।