Posts
सतिसाल मात्र ठिङ्ग उभिन सक्छ
सतिसाल मात्र ठिङ्ग उभिन सक्छ अँधि र हुरी नचलेको बेलामा, वातावरण स्तब्ध र शान्त भएको घडीमा, एउटा नर्सकट पनि, छाती खोलेर ठिङ्ग उभिन सक्छ। एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ ! तर मेरा मित्र, अँधि र हुरी चलिरहेको बेलामा, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरो माथि हावाँ र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ। ४ आशाढ ०३७ [ रात्री प्रवाह – ३ ]