Posts

शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषण विरुद्ध 'शून्य सहनशीलता' (Zero Tolerance)

शिक्षा मन्त्रालयले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषण विरुद्ध 'शून्य सहनशीलता' को नीति लागू गर्दै विशेष उजुरी संयन्त्र सञ्चालनमा ल्याएको छ। उजुरीकर्ताको पहिचान गोप्य रहनेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विशेष आह्वान lz Iff, विज्ञान, तथा प्रविधि मन्त्रालय शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध 'शून्य सहनशीलता' (Zero Tolerance) को नीति अङ्गीकार गर्दछ। विद्यार्थीहरूले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन यो विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ। गोपनीयताको सुनिश्चितता: यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने प्रतिबद्धता व्यक्त गर्दछौँ। तपाईँले उपलब्ध गराउनुभएको विवरण केवल कारबाही प्रक्रियाका लागि मात्र प्रयोग गरिनेछ। उजुरी प्रक्रियाका चरणहरू विवरण सङ्कलन: घटनासँग सम्बन्धित मिति, स्थान र संलग्न व्यक्तिको जानकारी तयार पार्नुहोस्। फारम भर…