शैक्षिक सत्र अगावै भर्ना र शुल्क असुली रोक्न सरकारको कडा निर्देशन: नियम मिच्ने विद्यालयलाई कारबाही हुने

शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना गर्ने र नियमविपरीत शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्न मन्त्रालयको निर्देशन। गैरकानुनी शुल्क फिर्ता गरी अनुगमन गर
काठमाडौँ । चैत २२ शि क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यार्थी भर्ना गर्ने र नियमविपरीत अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूमाथि कडा निगरानी राख्दै कारबाही अगाडि बढाउन निर्देशन दिएको छ। मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहहरू मार्फत यस्ता गतिविधि रोक्न र अनुगमन गर्न अनुरोध गरेको हो। मन्त्रालयको गम्भीर ध्यानाकर्षण केही विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको र भर्ना बापत अग्रिम शुल्क असुल गरेको भनी विभिन्न माध्यमबाट आएका सूचना एवं गुनासाहरूपप्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेल द्वारा हस्ताक्क्षरित पत्रमा प्रचलित कानुनको धज्जी उडाउने विद्यालयहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख छ। के छ कानुनी व्यवस्था? मन्त्रालयले पत्रमार्फत शिक्षा नियमावली र सर्वोच्च अदालतको फैसलाको स्मरण गराउँदै निम्न बुँदाहरू स्पष्ट पारेको छ: भर्ना समय: शिक्षा नियमावली २०५९ को परिच्छेद १५ बमोजिम शैक्षिक सत्र सुरु नभई कसैले पनि विद्यार्थी भर्ना गर्न…