Posts
गृहमन्त्री सुदन गुरुङको स्पस्टिकरण
सेयर लगानी र हालै सार्वजनिक चर्चाका सम्बन्धमा स्पष्टीकरण सहितको आधिकारिक प्रेस नोट। विषय: सेयर लगानी र हालै सार्वजनिक चर्चाका सम्बन्धमा स्पष्टीकरण प छिल्ला केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मेरो नाम जोडेर सेयर लगानीका विषयमा भइरहेका चर्चा र प्रश्नहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। विषयलाई जटिल र भ्रामक ढंगले प्रस्तुत गरिएकाले तथ्यहरू स्पष्ट पार्न यो प्रेस नोट जारी गरेको छु। १. सेयर लगानी र पारदर्शिताको सम्बन्धमा:
मैले धितोपत्र बजारमा २ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको तथ्य यसअघि नै मन्त्रिपरिषद्को वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्पष्ट उल्लेख गरेको छु। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही वर्गीकरण र कुल सम्पत्ति विवरणभित्रै समेटिएको हो। २ करोडको सम्पत्ति सार्वजनिक रूपमा घोषणा गर्ने व्यक्तिले २५ लाखको सेयर लुकाउन खोज्यो भन्नु तर्कसंगत देखिँदैन। यो लुकाइएको विषय नभई लगानीको वर्गीकरणको विषय मात्र हो।
२. लगानीको स्रोत र बैंकिङ च्यानल:
उक्त सेयरमा गरिएको लगानी पूर्ण रूपमा बैंकिङ प्रणालीमार्फत गरिएको छ। लगानीको स…