Posts

श्रममन्त्री दीपक कुमार साह पदमुक्त

श्रममन्त्री दीपक कुमार साह पदमुक्त
ब्रेकिङ न्युज: श्रममन्त्री दीपक कुमार साह पदमुक्त पार्टीको 'राइट टु रिकल' (Right to Recall) अन्तर्गत पहिलो पटक मन्त्रीमाथि कडा कारबाही काठमाडौँ । २०८२ चैत २६ प्र धानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह लाई पदबाट बर्खास्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पठाएको औपचारिक सिफारिसका आधारमा प्रधानमन्त्री शाहले बिहीबार साहलाई जिम्मेवारीबाट मुक्त गर्नुभएको हो। मन्त्री नियुक्त भएको मात्र १४ दिनमा साह पदमुक्त हुनुभएको छ। सभापति लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको गम्भीर आरोप लगाउनुभएको थियो। यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता लाई समेत आफ्नो कार्यक्षेत्रमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सचेत गराउन सिफारिस गरिएको थियो, जसअनुसार प्रधानमन्त्रीले उहाँलाई चेतावनी (Caution) दिइसक्नुभएको छ। आधिकारिक पत्राचार: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालय प.सं.: ०८२/८३ | च.नं.: २९६ | मिति…