म्याग्दीमा बालबालिकाको पठन सीप र प्रतिभा निखार्न 'पढाइ सीप प्रतियोगिता' हुदै

म्याग्दीमा कक्षा १ देखि ५ सम्मका बालबालिकाको पठन प्रवाह र शैक्षिक गुणस्तर सुधार गर्न साक्षरता दिवसको अवसरमा 'पढाइ सीप प्रतियोगिता' आयोजना हुँदैछ।
म्याग्दीमा बालबालिकाको पठन सीप र प्रतिभा निखार्न 'पढाइ सीप प्रतियोगिता' हुदै
नेपाल सरकार, शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीले नजिकिँदै गरेको साक्षरता दिवस र शिक्षा दिवसको अवसर पारेर जिल्लाभरका कक्षा १ देखि ५ सम्मका बालबालिका लक्षित एक महत्त्वपूर्ण शैक्षिक कार्यक्रम अघि सारेको छ। "पढाइ सीप प्रतियोगिता" नाम दिइएको यस कार्यक्रमको मुख्य उद्देश्य तल्लो तहदेखि नै शैक्षिक गुणस्तर सुधार गर्नु, सिकाइलाई दिगो बनाउनु र विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउनु रहेको छ। प्रतियोगिताको छनोट प्रक्रिया विद्यालय स्तरीय छनोट प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धी र व्यापक बनाउन विद्यालय तहदेखि नै छनोट प्रक्रिया सुरु गरिने व्यवस्था मिलाइएको छ। जारी गरिएको पत्रअनुसार, जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले आफ्ना कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई विद्यालय स्तरको प्रतियोगितामा अनिवार्य सहभागी गराउनुपर्नेछ। त्यसपछि प्रत्येक विद्यालयले हरेक कक्षाबाट सर्वोत्कृष्ट एक-एक जना विद्यार्थी छनोट गरी स्थानीय तह (पालिका) मा पठाउनेछन्। स्थानीय तह (पालिका) स्तरीय प्रतिस्पर्धा स्थानीय तहले आ-आफ्नो पालिकाभित्रका विद्यालयबाट छनोट भएर आएका विद्यार्…