एआई सुविधाको नाममा अब तपाइँको जिमेल र Google फोटोको डाटा विज्ञापनका लागि प्रयोग हुन सक्ने

गुगलको नयाँ गोपनीयता नीति (Privacy Policy) ले एआई सुविधाको नाममा जिमेल र गुगल फोटोजको डाटा लक्षित विज्ञापनका लागि प्रयोग हुन सक्ने जोखिमबारे......
एआई सुविधाको नाममा अब तपाइँको जिमेल र Google फोटोको डाटा विज्ञापनका लागि प्रयोग हुन सक्ने
गुगलको नयाँ गोपनीयता नीति (Privacy Policy) ले एआई सुविधाको नाममा जिमेल र गुगल फोटोजको डाटा लक्षित विज्ञापनका लागि प्रयोग हुन सक्ने जोखिमबारे समाचार र यसलाई सुरक्षित राख्ने उपायहरू। गुगलले हालै आफ्नो गोपनीयता नीति (Privacy Policy) परिमार्जन गरेको छ, जसले प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षामा नयाँ बहस सिर्जना गरेको छ। नयाँ अद्यावधिक अनुसार, गुगलले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवाहरूलाई अझ प्रभावकारी बनाउन प्रयोगकर्ताको जिमेल (Gmail) र गुगल फोटोज (Google Photos) जस्ता व्यक्तिगत एपहरूबाट डाटा लिएर लक्षित विज्ञापन (Targeted Ads) का लागि प्रयोग गर्न सक्नेछ। 'पर्सनल इन्टेलिजेन्स' को दोहोरो भूमिका गुगलले प्रयोगकर्तालाई सटिक र व्यक्तिगत जानकारी दिन 'पर्सनल इन्टेलिजेन्स' (Personal Intelligence) प्रणालीलाई जोड दिइरहेको छ। अब जेमिनी (Gemini) र गुगल सर्चले साधारण जवाफ मात्र नदिई, जिमेल र गुगल फोटोज जस्ता जोडिएका एपहरूबाट जानकारी तानेर प्रयोगकर्ताका प्रश्नहरूको थप सान्दर्भिक उत्तर दिन सक्नेछन्। यसको अर्थ, यदि तपाइँले जिमेलमार्फत कुनै होटेल बुक गर्नुभएको छ र गुगल सर्चमा त…