ब्रुनो र उनका गाउँलेहरू

ब्रुनो र उनका गाउँलेहरू' दया, सहयोग, पर्यावरण संरक्षण र सकारात्मक नेतृत्वमा आधारित एक प्रेरणादायी कथा हो। यसले बदलाको सट्टा दया र सहयोगले कसरी ठूलो...
ब्रुनो र उनका गाउँलेहरू
ब्रुनो र उनका गाउँलेहरू कथा एक पटक पृथ्वीमा पाण्डाहरूको समय थियो। त्यो बेला सबैभन्दा सुन्दर, सफा र विकसित गाउँ थियो। गाउँ विभिन्न सुन्दर फूल र हरियो वनले भरिएको थियो। त्यहाँ बस्ने पाण्डाहरू परिश्रमी, समझदार र एकअर्कालाई सहयोगी थिए। गाउँमा कुनै किसिमको खतरा परेमा पाण्डा जसरी भए पनि समाधान गर्थे। त्यो गाउँमा सबैभन्दा बहादुर, मायालु र हेरचाह गर्ने पाण्डा थियो। उनको नाम ब्रुनो थियो। त्यो गाउँमा बस्ने पाण्डाहरू उनको परिवार थियो। गाउँको विकास हुनुको कारण पनि उनै थियो। उनको मुख्य उद्देश्य आफ्नो परिवारलाई माया, हेरचाह गर्ने र स्वस्थ बनाउनु थियो। उसले आफ्नो परिवारलाई धेरै माया गर्दथ्यो र उसलाई पनि सबैले माया गर्थे। उनी आफ्नो गाउँका वरिष्ठ थिए। तर एक दिन गाउँका रुखहरू नष्ट भइरहेका थिए। विनाशकारी को हो कसैलाई थाहा थिएन। ब्रुनो र अन्य वरिष्ठहरूले यसलाई फेला पार्न कडा मेहनत गरिरहेका थिए। एक दिन ब्रुनोले सबैलाई घोषणा गरे, "हामी यो समस्या फेला पार्नेछौं र सकेसम्म छिटो समाधान गर्नेछौं।" त्यसपछि तिनीहरू आफ्नो यात्रामा हिड्न थाल्छन् जबकि अरूले गाउँको सम्पत्ति व्यवस्थापन गर्छन्। उनीहरूले पाँच दिनस…