लिपुलेक विवादका प्रमुख ऐतिहासिक घटनाक्रम र नेपालको हो भन्ने तथ्य र प्रमाणहरु
भारतले लिपुलेक हिजोमात्रै कब्जा गरेको होइन। हाम्रो पुस्तालाई कालापानी अतिक्रमणबारे जानकारी भए पनि लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने स्पष्ट..
लिपुलेक विवादका प्रमुख ऐतिहासिक घटनाक्रम र नेपालको हो भन्ने तथ्य र प्रमाणहरु
भारतले लिपुलेक हिजोमात्रै कब्जा गरेको होइन। चीनले समेत नेपालबाट बलपूर्वक खोसिएको देख्नेबित्तिकै सहजै स्वीकार गर्ने कुरा हुँदैनथ्यो। हाम्रो पुस्तालाई कालापानी अतिक्रमणबारे जानकारी भए पनि लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने स्पष्ट ज्ञान केही वर्षअघि मात्र प्रस्ट भएको हो। पुराना पाठ्यपुस्तक र नक्सामा समेत त्यो भूभाग नभएको वास्तविकता छ। नेपालले त्यहाँ प्रशासनिक संरचना, कर प्रणाली वा विद्यालय–अस्पताल सञ्चालन गरेको ठोस प्रमाण छैन; जनगणना भएको तथ्य भने छ। यही कमजोरीले भारतलाई हाम्रै आधिकारिक नक्सा देखाउँदै दाबी गर्ने आधार दिएको छ। आजको भारतसँग युद्ध गरेर भूमि फिर्ता ल्याउने विकल्प सम्भव छैन। अन्तर्राष्ट्रियकरण र आवश्यक परे जनमत सङ्ग्रहजस्ता उपायबारे छलफल गर्न सकिन्छ, तर भारतीय नागरिकता ग्रहण गरिसकेका बासिन्दाले नेपाल रोज्ने सम्भावना न्यून देखिन्छ। त्यसैले, वास्तविकतामा यो मुद्दा ऐतिहासिक दस्ताबेज, नक्सा र कूटनीतिक वार्तामार्फतै समाधान हुनुपर्नेछ। लिम्पियाधुरा, कालापानी र लिपुलेक भूभाग नेपालको हो भन्ने कुरालाई पुष्टि गर्ने ऐतिहासिक, भौगोलिक, प्रशासनिक र कूटनीतिक धेरै ठोस तथ्यहरू छन्। यह…