जान्नैपर्ने केही राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ
राजनीतिक र दार्शनिक क्षेत्रमा प्रयोग हुने महत्वपूर्ण शब्दहरूको अर्थ, सन्दर्भ र प्रयोग सरल भाषामा बुझाउने जानकारीमूलक लेख।
जान्नैपर्ने केही राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ
शब्द भाषाका सार्थक एकाइ हुन्। यस लेखमा दर्शन, क्रान्ति, वर्गसङ्घर्ष र समाजवाद जस्ता ३० भन्दा बढी राजनीतिक र दार्शनिक पारिभाषिक शब्दहरूको विस्तृत व्याख्या र उदाहरण प्रस्तुत गरिएको छ। राजनीतिक र दार्शनिक पारिभाषिक शब्दहरूको बृहत् परिचय श ब्द भाषाका सार्थक एकाइ हुन्। भाषा सामाजिक एवम् मानवीय वस्तु हो। समाज विकासका क्रममा भाषाको विकास सँगसँगै ज्ञान विज्ञानका अनेक शाखा प्रशाखाहरू विकसित हुँदै आएका छन्। यस क्रममा कतिपय शब्दहरूले विशेष अर्थ वहन गर्छन्, जसलाई पारिभाषिक शब्द भनिन्छ। यस्ता शब्दहरूको अर्थ ठीक ढङ्गले बुझ्न सकिएन भने वास्तविक कुराको बोध नभई विचार निर्माण हुन सक्दैन। त्यसैले यहाँ बुझ्नै पर्ने केही राजनीतिक पारिभाषिक शब्दहरूको पूर्ण व्याख्या र उदाहरण दिइएको छ। १. दर्शन र आधारभूत चिन्तन दर्शन (Philosophy) दर्शनको सामान्य अर्थ साक्षात्कार हो भने विशेष अर्थमा जीवन–जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो। यसले संसार के हो? यसको सृष्टि र विकास कसरी हुन्छ? भन्ने ज्ञान दिन्छ। दर्शन मूलतः दुई थरीका छन्– अध्यात्मवादी (आदर्शवादी) र भौतिकवादी। अध्यात्मवादले चेतनालाई मूल मान्छ भने भौतिकवा…