किताब र हातेलेखनमा १७ अर्ब लगानी
डिजिटल उपकरण शिक्षाको सहायक हुन सक्छ, तर मुख्य माध्यम होइन। स्विडेनले विद्यालयमा स्क्रिन समय घटाएर पुनः कागजी किताब र हस्तलेखनमा फर्किने गरी १७ अर्बको लगानी गर्दैछ। — डा. अरुणा उप्रेती नागरिक दैनिकमा प्रकाशित “डिजिटल उपकरण शिक्षाको सहायक हुन सक्छ, तर मुख्य माध्यम बन्न सक्दैन। मुख्य माध्यम त कागजी किताब, कलम र कापी नै हुनुपर्छ।” हा लै विकसित देशहरूले लिन थालेका शैक्षिक निर्णयहरूले यस भनाइलाई पुनः प्रमाणित गरिरहेका छन्। केही समयअघि सार्वजनिक एक समाचारअनुसार स्विडेन सरकारले विद्यालयहरूमा स्क्रिन (ट्याब्लेट, ल्यापटप, मोबाइल आदि) को अत्यधिक प्रयोग घटाउन र परम्परागत कागजी किताब तथा हस्तलिखित अभ्यासलाई पुनः सुदृढ गर्न करिब एक सय मिलियन युरो (झण्डै १७ अर्ब नेपाली रुपैयाँभन्दा बढी) लगानी गर्ने योजना अघि सारेको छ। डिजिटल शिक्षामा अग्रणी मानिएको देशले यस्तो निर्णय लिनु आफैँमा गम्भीर समीक्षा र अनुभवको परिणाम हो। पार्श्वभूमि: सन् २००९ देखि स्विडेनले विद्यालय तहमा डिजिटल उपकरणको प्रयोगलाई तीव्र रूपमा विस्तार गरेको थियो। पाठ्यपुस्तकको सट्टा ट्याब्लेट र ल्यापटपमार्फत पढाइ सञ्चालन गर्ने, लेखन अभ्यासलाई डिजि…