उत्कृष्ट विद्यालय: खेलकुद, संस्कार र उचित हेरचाह सहितको शिक्षा
बालबालिकाका लागि उपयुक्त विद्यालय कस्तो हुनुपर्छ? खेलकुद, खुला वातावरण र सर्वाङ्गिण विकासको महत्वबारे संक्षिप्त जानकारी।
उत्कृष्ट विद्यालय: खेलकुद, संस्कार र उचित हेरचाह सहितको शिक्षा
उत्कृष्ट विद्यालय कसरी छनोट गर्ने? आजको प्रतिस्पर्धी युगमा, आफ्नो बच्चाको लागि सही स्कूल छनोट गर्नु भनेको किताबको ज्ञान मात्र खोज्नु होइन। हरेक सचेत अभिभावकले आफ्नो बच्चा शैक्षिक रूपमा मात्र अब्बल नभई शारीरिक रूपमा स्वस्थ, भावनात्मक रूपमा सुरक्षित र संस्कारयुक्त (सम्मान गर्न जान्ने) नम्र र समानित बोलिबचन होस् भन्ने चाहन्छन्।त्यसका लागि बिद्यालयको बाताबरणले पनि प्रमुख भुमिका खेलेको हुन्छ। जुन बिद्यालयमा गाली गर्ने, झर्किने पाट्य-पिट्या गर्ने बाताबरण हुन्छ त्यस बिद्यालयमा यो कुरा सम्भव छैन। किताबी ज्ञानले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव छैन। त्यसैले, जुन स्कूलले खेलकुदलाई पढाइ जत्तिकै महत्त्व दिन्छ, विद्यार्थीको पूर्ण हेरचाह गर्छ, अभिभावकसँग पारदर्शी सञ्चार राख्छ र बच्चाहरूमा 'सम्मान' को भावना विकास गराउँछ, त्यो नै वास्तविक अर्थमा उत्कृष्ट विद्यालय हो। अभिभावकका लागि विशेष सूचना: आफ्नो बच्चाको लागि सन्तुलित र संस्कारयुक्त वातावरण खोज्दै हुनुहुन्छ भने भर्ना गर्नुअघि तल उल्लेखित ७ मुख्य आधारहरू अनिवार्य रूपमा परीक्षण गर्नुहोस्।
पर्याप्त खेलकुद मैदान र पूर्वाधार (Adequate S…