शैक्षिक रूपान्तरणको अवसर: नयाँ पात्रो, नयाँ उत्साह र अबको कार्यभार

शिक्षा मन्त्रीलाई दिएको सुझाव र नयाँ शैक्षिक पात्रोको कार्यान्वयनले ल्याउने सकारात्मक प्रभावबारे एक शिक्षाकर्मीको विश्लेषण
शैक्षिक रूपान्तरण, नयाँ शैक्षिक पात्रो र शिक्षण पद्धतिमा सुधारबारे एक शिक्षाकर्मीको अनुभूति र सुझावहरू। शि क्षा क्षेत्र जहिले पनि गतिशिल हुनुपर्छ। तर, कहिलेकाहीँ राज्यको नीति र विद्यालयको योजनाबीच तालमेल नहुँदा हामी अन्योलमा पर्छौँ। यस पटक भने परिस्थिति भिन्न र सुखद रह्यो। महिनौँको मिहिनेत, छलफल र गृहकार्य गरेर तयार पारिएको 'वार्षिक शैक्षिक पात्रो' (Academic Calendar) पुन: कोर्नुपर्ने भएको छ। एउटा व्यवस्थापकको नाताले हेर्दा यो दोहोरो मिहिनेत हो, तर एउटा दूरदर्शी शिक्षाकर्मीको नाताले हेर्दा यो परिवर्तन 'गज्जब' र स्वागतयोग्य छ। सुझावदेखि कार्यान्वयनसम्मको सुखद संयोग केही समयअघि मात्रै मैले वर्तमान शैक्षिक अवस्था र सुधारका केही पाटाहरूलाई समेटेर माननीय शिक्षा मन्त्री शस्मित पोखरेल (Sasmit Pokharel) ज्यूलाई एउटा औपचारिक इमेल पठाएको थिएँ। मेरो भित्री चाहना र सुझाव थियो— "हाम्रो शैक्षिक पात्रो र शिक्षण पद्धतिलाई विद्यार्थीमैत्री बनाउन केही साहसिक कदम चालिनुपर्छ।" मैले सुझाव बुझाएको करिब एक हप्ताभित्रै सरकारले सोही प्रकृतिको निर्णय गरि कार्यान्वयनमा ल्याएको देख्दा अचम्म …