Posts

नुन रोकिन्छ, सुन छुट्छ

नुन रोकिएको देशमा सुन खुल्लै हिँड्छ...! यो नीतिको होइन, नियतको कथा हो। भोकले स्वाद खोज्छ, सुन होइन...! एक चिम्टी नुनले बाँच्नेहरूलाई तिमीले नियमको नाममा रोकेको छौ। माटो अझै साँचो छ, अझै उम्रिन्छ साग...! तर किन हाम्रो भान्सासम्म बिषादीको बाटो खुला छ? कसैलाई काख, कसैलाई पाखा, किन सरकार...! यति सस्तो भइसक्यो त न्याय? किलो सुन मुस्कुराउँदै छिर्छ, ग्राम नुन रोएर फर्किन्छ...! यो सीमा होइन....! यो तिम्रो पक्षपात हो। हामी माग्दैछौँ सुन होइन....! एक चिम्टी नुन, र त्यति नै बराबरी।