कम्प्युटर र ट्याब्लेट थन्क्याउँदै स्विडेन अब फेरि विद्यालयमा 'कलम र कापी'
शिक्षामा स्विडेनको 'यू-टर्न': डिजिटल युगमा 'कलम र कागज' को पुनरागमन। साक्षरता दर सुधार्न सरकारले ल्यायो २६ अर्बको "पर्दाबाट पानासम्म" अभियान
कम्प्युटर र ट्याब्लेट थन्क्याउँदै स्विडेन अब फेरि विद्यालयमा 'कलम र कापी'
शिक्षामा स्विडेनको 'यू-टर्न': डिजिटल युगमा 'कलम र कागज' को पुनरागमन। साक्षरता दर सुधार्न सरकारले ल्यायो २६ अर्बको "पर्दाबाट पानासम्म" अभियान। वि श्वकै सबैभन्दा प्रविधिमैत्री समाजमध्येको एक मानिने स्विडेनले आफ्नो शिक्षा प्रणालीमा एउटा ठूलो क्रान्ति सुरु गरेको छ। विगत एक दशकदेखि कक्षाकोठामा ल्यापटप र ट्याब्लेटलाई अनिवार्य बनाएको स्विडेनले अब पुनः परम्परागत 'कलम, कागज र पुस्तक' तर्फ फर्कने निर्णय गरेको छ। साक्षरता दरमा आएको गिरावट र विद्यार्थीहरूको कमजोर सिकाई क्षमतालाई सुधार्न सरकारले "पर्दाबाट पानासम्म" ( från skärm till pärm ) भन्ने विशेष अभियान अघि सारेको हो। १. किन फर्कियो स्विडेन पुरानै शैलीमा? स्विडेनको वर्तमान सरकारका अनुसार अत्यधिक डिजिटल प्रयोगले बालबालिकाको आधारभूत सीपमा क्षति पुगेको छ। सन् २०२२ को 'पिसा' (PISA) र्याङ्किङमा स्विडेनको नतिजा खस्किएको पाइएको थियो, जहाँ करिब २४ प्रतिशत विद्यार्थीमा आधारभूत पठन क्षमताको अभाव देखियो। "हामी कक्षाकोठाबाट स्क्रिनहरूलाई सकेसम्म हटाउन चाहन्छौँ। वास्तविक पुस्तक पढ्दा र कागजमा लेख्दा बालबा…