राजनीतिभन्दा माथि मानवीयता: एउटा स्टाटस जसले हजारौँको मन जित्यो

प्रधानमन्त्री बालेन्द्र शाहको एउटा स्टाटसले कसरी थपथली सुकुम्बासी बस्तीमा शान्तिपूर्ण परिवर्तन ल्यायो? दशकौँको समस्या समाधान र सुरक्षित बसोबासको नयाँ
प्रधानमन्त्री बालेन्द्र शाहको एउटा स्टाटसले कसरी थपथली सुकुम्बासी बस्तीमा शान्तिपूर्ण परिवर्तन ल्यायो? दशकौँको समस्या समाधान र सुरक्षित बसोबासको नयाँ बिहानी।

काठमाडौँका नदी किनारहरूले वर्षौँदेखि दुईवटा कुरा मात्र देखे— बर्खामा उर्लिएको धमिलो बाढी र चुनावमा उर्लिएको आश्वासनको खेती। हरेक वर्ष बाढी आउँदा ज्यान जोगाउन लुगाफाटो छोडेर भागिरहेका ती सुकुम्बासी बस्तीका आँखाहरूले राज्यलाई सधैँ एउटा प्रश्न सोधिरहन्थे— "के हाम्रो अधिकार केवल असुरक्षित थातथलो र भोटको बाकससम्म मात्र सीमित हो?"

​हिजो बेलुका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकको भित्तामा कोरेका केही हरफहरू केवल एउटा 'स्टाटस' मात्र थिएनन्, ती त दशकौँदेखि अन्योलमा रहेका हजारौँ परिवारका लागि एउटा भरोसाको पुल थिए। शक्तिको घमण्ड र डोजरको गर्जनभन्दा संवादको शालीनता कति शक्तिशाली हुन्छ भन्ने कुरा आज थपथलीको शान्त दृश्यले प्रमाणित गरिदिएको छ।

​प्रधानमन्त्रीले ठिकै भन्नुभयो— "हामी कुन दिन ठुलो दुर्घटना आउँछ भनेर कुर्दै बस्ने हो र?"

​कतिन्जेल आफ्नै नागरिकलाई बर्खाको भेलसँग जिस्कन छोडिदिने? कतिन्जेल ढल र दुर्गन्धको बीचमा उनीहरूको भविष्य निसासिन दिने? अधिकार भनेको त सुरक्षित छानो मुनि ढुक्कले निदाउन पाउनु पो हो। जब राज्यले 'अतिक्रमणकारी' र 'वास्तविक सुकुम्बासी' बीचको मसिनो रेखा छुट्याउने साहस गर्छ, तब मात्र न्यायको ढोका खुल्छ।

​आज थपथली खाली हुँदा केवल एउटा बस्ती सरेको छैन, एउटा पुरानो र असफल राजनीति पनि सरेको छ। झापाका गल्लीदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रसम्म कोरिएका ती बुँदाहरू आज सिंहदरबारको दराजबाट निस्किएर कार्यन्वयनको मैदानमा उत्रिएका छन्। "गर्नै पर्ने १०० काम" को बुँदा नम्बर ९१ र ९२ केवल सरकारी दस्तावेज मात्र रहेनन्, ती त जनतासँग गरिएको एउटा पवित्र धर्मभक्कारी सावित भएका छन्।

​अब बाग्मती फेरि हाँस्नेछिन्। अब ढलको अवरोध हट्नेछ र काठमाडौँले स्वच्छ श्वास फेर्नेछ। तर त्योभन्दा ठुलो कुरा, अब सुकुम्बासीका छोराछोरीले मध्यरातमा बाढीको डरले ब्युँझनु पर्ने छैन। उनीहरूले अब एउटा यस्तो ओत पाउनेछन्, जहाँ उनीहरूको नागरिकताको सम्मान हुनेछ।

​धन्यवाद बालेन सरकार! आज डोजरले होइन, तपाईँको 'दृढ इच्छाशक्ति' र 'स्पष्ट संवाद' ले एउटा इतिहास रच्यो। वास्तविक पीडितले जग्गा पाउने र सरकारी जग्गा सुरक्षित हुने यो अभियानले देशैभरि एउटा सन्देश दिएको छ— नियत सफा भए समाधान सम्भव छ।

​ढुक्क हुनुहोस्, परिवर्तनको यो पदचाप अब रोकिने छैन।


Post a Comment

Thank you for the feedback.